स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौं :अर्थमन्त्री पौडेल

काठमाण्डौ ।उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाई वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

मङ्गलवार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो ।

यसैगरि उहाँले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताउनुभयो ।

श्रम सम्बन्ध सुधारका लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो । नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको उहाँले बताउनुभयो ।

सामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रुपमा श्रमिकको सम्मानपूर्ण जीवन बाँच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको र यसलाई कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको ,सुधारका लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको र नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षा  होउहाँले बताउनुभयो ।

 श्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता रहेको र सरकारले समय सापेक्ष न्यूनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयानुकूल परिर्माजन गरी कार्यान्वयन गर्दै आएको उल्लेख गर्नुभयो ।