राष्ट्रपति समक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाण्डौ ।राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिएपनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बातउनुभयो ।

उहाँको अनुसार जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने र आगामी दिनमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्ने भन्ने विश्वास लिनुभएको बातउनुभयो ।