
लुम्बिनी कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा
काठमाण्डौ । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनु भएको छ। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताउनु भएको छ।
तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उहाँ निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछन। नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बन्नु भएको छ ।
सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्रीको सूचीबाट उहाँको नाम हटाइएको थियो। त्यसपछि उहाँ रुष्ट बन्नु भएको थियो।