मन्त्रिपरिषदको वरियता हेरफेर

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर गर्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्‍मा वरियता हेरफेर गर्नु भएको हो ।

उपप्रधानमन्त्री र अन्य मन्त्रीहरुको स्थान यथावत रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयाता भने हेरफेर भएको छ । कांग्रेस सहमहामन्त्रीसमेत रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा पुग्नु भएको छ ।