
तीन राज्यमन्त्री नियुक्त
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री नियुक्त गर्नु भएको छ । उहाँले नेपाली कांग्रेसका दुई जना र नाउपाबाट एक जना राज्यमन्त्री नियुक्त गर्नु भएको हो ।
कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।