नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त हुनु भएको छ । सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक रहनु भएका पौडेललाई सोमबारदेखि लागु हुने गरि प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएको छ । यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट रहनु भएको थियो ।