
पोखरामा स्कुल बस दुर्घटना: सहचालकको मृत्यु, चालकसहित २० विद्यार्थी घाइते
काठमाण्डौ । पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्।
ग १ प ६२१९ नम्बरको बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताउनु भयो । उहाँका अनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ।
उक्त बसमा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलका विद्यार्थी सवार थिए।