
पोखरामा स्कुल बस दुर्घटना
काठमाण्डौ । पोखराको छोरेपाटन पारी आज बिहान स्कुल बस दुर्घटना भएको छ ।
मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो ।बसमा २४ जना सवार थिए ।
यसमध्ये २२ जना विद्यार्थी र २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको छ ।सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।