देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाण्डौ । पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा आज साउन महिनाको दोस्रो सोमवार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । व्रत बसेर शिव मन्दिरमा दूध र जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पूजा गर्ने चलन छ ।

आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर र सन्तानेश्नर चितवनको देवघाट, खोटाङको हलेसीलगायतका मन्दिरमा हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो छ ।

पशुपतिमा बोलबम यात्रीहरु पनि उल्लेख्य सहभागी भएका छन् । बोलबम यात्रीहरुले काठमाण्डौको सुन्दरीजलबाट पैदल हिँडेर शुद्ध जल लगेर पशुपतिमा चढाउने गर्छन् ।