सत्तारूढ नेकपा एमाले ले बोलायो सचिवालय बैठक
काठमाण्डौ । सत्तारूढ नेकपा एमाले सचिवालय बैठक आह्वान गरेको छ । बैठक यही साउन १७ गते बिहीबार बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनु भयो ।
एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ । यसअघि जिल्ला अधिवेशनहरू नसकिएकाले नयाँ कार्ययोजना लागू हुन बाकि रहेको थियो ।
त्यस्तै एमालेले राजकीय जिम्मेवारीमा रहेकाहरूलाई पार्टीका विभागहरूमा जिम्मेवारी नदिने तयारी पनि गरेको छ ।
एमालेको ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ । ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ । त्यस्तै साउन मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ ।