पूर्व राज्यमन्त्री राय हत्या अनुुसन्धनमा पुनः खटाइयो सीआइबी टोली

काठमाण्डौ । पूर्व राज्यमन्त्री रामचन्द्र राय हत्या अनुसन्धानमा प्रहरी अनुसन्धान सीआइबी टोली खटीईएको छ । आइतबार राती आफ्नै निवासमा उहाँको हत्या गरीएको थियो ।

हत्या अनुसन्धानको लागीे इन्स्पेक्टरको कमाण्न्डमा २ जनाको टोली सर्लाहि पठाएको सीआइबीका प्रमुख तथा एआइजी श्यामलाल ज्ञवालीले बताउनु भएको छ ।

सीआईबीबाट खटिनेमा इन्सपेक्टर सूर्य बहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बोसिन राजा रहेका छन् । उक्त टोलीले टेक्निकलतथाप्राविधिक पाटोको अनुसन्धान र विश्लेषण गर्नेछ ।

जिल्ला प्रहरी कार्यालयको टोली, प्रदेश टोली र सीआईबी टोली गरी हाल यस घटनालाई तीन युनिटले अनुसन्धान गरीरहेको ज्ञवालीले बताउनु भएको छ ।

हत्यामा प्रयोग भएको हतियार बरामद गर्नु बाहेक यसअघि तालिम प्राप्त कुकुरको सहायतामा प्रहरीले ठूलो उपलब्धि हासिल गर्न सकेको छैन ।

रायको घरबाट उत्तर–पश्चिमतर्फको करिब ५० मिटर टाढाको बाँस झाङबाट रगत लतपतिएको घरेलु हतियार बरामदभएको थियो ।