
चितवनमा गैंडा मृत फेला
काठमाण्डौ । चितवनमा एउटा पोथि गैंडा मृत अवस्थामा फेला परेको छ ।
चितवन भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भनिने स्थानमा एक सिङ्गे पोथि गैंडा मृत अवस्थामा फेला परेको हो ।
एक व्यक्तिको मकै बारीमा २० वर्षको महिला गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पोथि गैंडाको मृत्युको कारण अहिले खुलासा भएको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धानको कार्य सुरु गरेका निकुञ्जले बताएको छ ।
चालु आर्थिक वर्षमा चितवनमा गैंडाको यो पहिलो मृत्यु हो । गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।