काभा यू–२० महिला भलिबलमा कीर्गिस्तानसँग नेपाल पराजित

काठमाण्डौ । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाईनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।
सोमबार माले सिटीस्थित सोसल सेन्टरमा भएको सेमिफाईनलमा कीर्गिस्तानसँग नेपाल ३–० ले पराजित भएपछि नेपाल सेमिफाईनल वाटै बाहिरीएको छ ।

कीर्गिस्तानले नेपाललाई २५–१४, २५–२२, २५–१३ ले पराजित ग¥यो । उपाधि जित्ने लक्ष्यसहित माले गएको नेपाली टोलीले सोचे अनुसारको प्रदर्शन गर्न सकेन ।