
२०३० मा हुने महिला टी-२० विश्वकपमा १६ देश सहभागी हुने
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला टी-२० विश्वकपमा २०३० मा १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आइसीसीको बोर्ड बैठकले २०३० मा हुने टी-२० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।
अहिले महिला टी-२० विश्वकपमा १२ देशले भाग लिदै आएका छन् । यस अघि २००९ मा पहिलो महिला टी-२० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । २०२६ मा इङल्याण्डमा हुने महिला टी-२० विश्वकपमा १२ देशले भाग लिने छन् ।