
कर्णाली प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरू बाहिरिए
काठमाण्डौ। कर्णाली प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरू बाहिरिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरी उहाँहरूले राजनीतिक परिस्थितिमा आएको फेरबदलको कारण सरकारबाट बाहिरिएको बताउनुभएको छ ।
माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, जलस्रोत तथा ऊर्जा मन्त्री रणसिंह परियार र वन तथा वातावरण मन्त्री दुर्गाबहादुर रावतले पदबाट राजीनामा दिनुभएको हो ।