
पुष्पलालको विचार सही साबित भयो : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको आज ४६औं स्मृति दिवसका अवसरमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अग्रज नेताप्रति उच्च सम्मानका साथै श्रद्धासुमन अर्पण गर्नुभएको हो ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको उल्लेख गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ :
अग्रजलाई सम्मान !
आज साउन ७ गते, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस।
उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नु भयो। निरङ्कुश राजतन्त्र विरुद्ध कम्युनिस्ट र कांग्रेसले मिलेर संयुक जनआन्दोलन गर्नु पर्ने उहाँको विचार सही साबित भयो।मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा !