
मोहना नदीमा अलपत्र परेकाको सकुशल उद्धार
कैलाली । मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा मोहना नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।
उनीहरुको सशस्त्रको बिओपी फुलवारीको टोलीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।