संसदमा झुटको सहारा नलिन आग्रह : प्रधानमन्त्री ओली

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न आग्रह गर्नु भएको हो ।

उहाँले आइतबार संसदमा आफुले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाउनुभएको थियो। उहाँले आफुले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउदै उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफुले स्पष्ट रुपमा राखेको बताउनुभयो ।

उहाँले संसदमा आफुले आइतबार बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिनुभएको छ ।