विद्युत् महसुलको विवाद सरकारले चाँडै टुङ्ग्याउँछः प्रधानमन्त्री

 

काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सरकारले अध्ययन गरेर टुङ्ग्याउने बताउनु भएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युत् तिर्ने बिषयमा सरकार र नेपाल बिद्युत् प्राधिकरण बीच विवाद रहेको भन्दै सरकारले अध्ययन गरेर टुङ्ग्याउने बताउनुभयो ।

ब्यबसायीको विद्युत् महसुल विवाद आजको नभई ९–१० वर्ष अघिको रहेको भन्दै उहाँले पटक–पटक लाइन काटिने र फेरि लाइन जोडिने गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त गर्न आग्रह गनुभयो ।

उद्योगहरुबाट बिजुली प्रयोग भइ बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् महसुल तिर्नु नपर्ने प्रधानमन्त्री ओलीको जवाफ थियो ।

प्रधानमन्त्री ओलीले संसद्को गरिमा राख्न संसदमा सही, तथ्ययुक्त कुरा बोल्नुपर्ने र जथाभाबी, र झुटको सहारा नलिएर संसदमा बोल्न आग्रह गर्नुभयो ।