
चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक अबरुद्ध
काठमाण्डौ । चितवनको फिस्लिङमा आज बिहान पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।
लेदो माटोसहितको पहिरो करिब पाँच बजेतिर खस्दा दुईतर्फीको सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम भइरहेको बताउनु भयो ।
पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक–दुई घण्टा लाग्ने अनुमान गरिएको छ । सडकखण्ड पूर्णरुपमा अबरुद्ध हुँदा यातायात ठप्प भएको छ ।