प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका हुन ।

विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो भने विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।