बाग्मतीमा नयाँ सरकार गठनको आव्हान

काठमाण्डौ। बाग्मती प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको आव्हान गर्नु भएको हो ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गर्नु भएको छ । नयाँ सरकार गठनको आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्नु भएको छ । लामालाई मुख्यमन्त्रीमा अघि सार्ने कांग्रेस संसदीय दलको निर्णय भईसकेको छ । उहाँलाई नेकपा एमालेको समर्थन रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । बाग्मती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।