महिला एशिया कपमा आज नेपालले पाकिस्तानको सामना गर्दै

काठमाण्डौ। महिला एशिया कपमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । आज साँझ ७ः१५ बजेदेखि शुरु हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो ।

नेपालले समुह “ए” अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो । समुह “ए” मा भारत र नेपाल २-२ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र युएईले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

एशिया कप खेल्ने नेपाली टिम
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।