रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बिहान सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे र प्रतिपक्षी दलको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिनुभयो ।
यस्तै, शुक्रबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
आज हुने प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ, बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची समेत रहेको छ । प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा (एमाले) का अतिरिक्त जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी लगायतले विश्वासका मत दिने छन् भने माओवादी केन्द्र, एकीकृत समाजवादी, र रास्वपा लगायतले विपक्षमा मतदान गर्नेछन् ।