दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताउनुभएको छ ।

बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा भएको सहमतिका आधारमा बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस र एमालेका बिचमा भएको सहमति नलुकाइएको पनि बताउनुभयो ।

उहाँले राजनीतिक स्थायित्वका लागि दुई ठुला दलहरू मिलेर सरकार बनाएको जानकारी दिनुभयो । मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताउनुभयो ।