संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्छु : महान्यायाधिवक्ता बडाल

काठमाण्डौ । बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै महान्यायाधिवक्ता रमेश बडालले सञ्चारकर्मीसँग कुरा गर्दै संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताउनुभएको छ ।

उहाँले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरू गर्ने बताउनुभयो । उहाँले शिरमा संविधान र कानुनलाई राखेर आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउदै उहाँले अभियोजन गर्दा दोषीलाई मात्रै अभियोजन गर्ने बताउनुभयो । अभियोजन गर्दा वस्तुनिष्ठ हिसाबमा मात्रै गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महान्यायाधिवक्ता बडालले पीडितलाई न्याय र राहत दिने काम संवैधानिक दायराभित्र रहेको गर्ने बताउनुभयो । बिगो प्रणालीको मापदण्ड निर्धारण गर्न कार्यदल गठन गरेको उहाँले बताउनुभयो ।