बाढीले क्षति पु¥याएपछि गोरखाको बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध

काठमाण्डौ । गोरखाको बेनिघाट–आरुघाट सडक खण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पु¥याएपछि सडक अवरुद्ध भएको छ ।

भीमसेन थापा गाउँपालिका–७ र शहीद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि यो सडक खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गएको वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पु¥याएको हो । सडक अवरुद्ध हुँदा काठमाण्डौबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने गाडी चल्न सकेका छैनन् ।