मौद्रिक नीति व्यावहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउनुपर्छ ः घरजग्गा महासङ्घ

काठमाण्डौ । नेपाल घरजग्गा तथा आवास विकास महासङ्घले मौद्रिक नीति व्यावहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउन माग गरेको छ ।

महासङ्घले देशको अर्थतन्त्र सङ्कुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यावहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउनुपर्ने माग गरेको हो । महासङ्घका अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्रलाई स्थायित्व दिने गरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने अलिहेको अवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सुस्त हुँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेको विषयलाई ध्यान दिएर मौद्रिक नीति ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

लोहनीले घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्यूनतम ८० प्रतिशत पु¥याउन माग गर्नुभयो । यस्तै घरजग्गा कारोबार कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउन महासङ्घको माग रहेको छ ।