
गोलाघाट नजिकै फेरि अर्को शव फेला, बस दुर्घटनाकै यात्रुबारे पुष्टि हुन बाँकी
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित गोलाघाट नजिकै फेरी अर्को शव फेला परेको छ।
सिमालताल बस दुर्घटनाभन्दा ५० किलोमिटर तल गोलाघाट नजिकै नारायणी नदी किनारको टापुमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
उक्त शवको पहिचान हुन भने बाँकी रहेको छ। भरतपुर–२८ गोलाघाट नजिकै फेरि १ वटा शव भेटिएको भन्ने खबर प्राप्त भएको छ। त्यहाँ सुरक्षाकर्मीको टोली अबको केहिबेरमा पुग्दैछन्,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
उक्त शव पनि सिमलताल दुर्घटनाकै यात्रुको हुन् सक्ने आशंका गरिएको पनि पुष्टि हुन भने बाँकी रहेको छ। यसअघि शनिवार गोलाघाटमा एक र गैंडाकोटमा दुईजनाको शव फेला परेको थियो। तीन वटै शव सिमलताल दुर्घटनाकै भएको पुष्टि भइसकेको छ।