प्रतिनिधि सभाको बैठक बैठक भोलिसम्मका लागि स्थगित

काठमाण्डौ । मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको आजको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो बसेको सभाको बैठकको शुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराउनुभयो । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।