
नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा २ जना भक्तपुरबाट पक्राउ
काठमाण्डौ । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पक्राउ गरेको छ ।
टोलीले सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।
सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारेर गेस्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ ।