
रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, नौ जना घाइते
काठमाण्डौ । रामेछापमा हिजो भएको जीप दुर्घटना परेर एक जनाको ज्यान गएको छ । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा ६२ वर्षीया माया विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।