
सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले र चाँदी भाउ तोलामा पाँच रुपैयाँले घट्यो
काठमाण्डौ । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ। हिजो तोलाको एक लाख ४५ हजार रूपैयाँ रहेको सुनको भाउ आज नौ सय रुपैयाँले घटेर तोलामा एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ बनाएको थियो ।
त्यस्तै चाँदी भाउनि प तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ९० रुपैयाँ रहेकोमा आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।