
राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने बताउनु भयो ।
उनले बुधवार नै राजीनामा दिने तयारी भएपनि पार्टी बैठकका कारण सम्भव नभएकाले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी रहेको बताउनुभये ।
यसअघि सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले बुधवार साँझ नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सामूहिक राजीनामा बुझाएका थिए।