
सरकारको समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरू राजीनामा बुझाउँदै
काठमाण्डौ । नेकपा एमालेले पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक राजीनमा र सरकार दिएको समर्थन पनि फिर्ता लिने भएको हो।
यसअघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको थियो। हिजो बेलुका बसेको सचिवालय बैठकले निर्णय गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको थियो। त्यही अनुसार एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ता लिएको पत्र बुझाउने प्रमुख सचेतक बर्तौलाले बताए।