सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । भाउ बढेर आज चाँदी तोलाको एक हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।