यूजिसि नेपालको टोलीद्वारा मूल्याङ्कन प्रतिवेदन पेश

काठमाण्डौ । उच्च शिक्षा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रियाका लागि विश्वविद्यालय अनुदान आयोग (यूजिसि) नेपालको समीक्षा टोलीले मदन भण्डारी मेमोरियल कलेजलाई प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन पेश गरेको छ ।

टोलीले आइतबारदेखि मंगलबारसम्म गरेको तीन दिने औपचारिक भ्रमणमा विद्यार्थी, कर्मचारी, अभिभावक, स्थानिय जनप्रतिनिधी, व्यवस्थापन समिति, क्याम्पस प्रशासन र अन्य सरोकारवाला पक्षहरुसंग छलफल र अन्र्तक्रिया गर्नुकासाथै कलेजको समग्र भौतिक पूर्वाधारको अवलोकन समेत गरेको थियो । पूर्व मुल्यांकन टोलीमा प्राध्यापक डा. रञ्जना गुप्ता र कर्मचारीद्वय भगवती पौडेल र दीपककुमार झा सहभागी हुनुहुन्थ्यो । छलफलपछि उक्त टिमले तयार पारेको प्रतिवेदन कलेजमा पेश गरेको हो । मदन भण्डारी मेमोरियल कलेजका अध्यक्ष एवम् पूर्व पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र कलेज प्रमुख डा. बाबुराम अधिकारीले प्रतिवेदन बुझ्दै त्यसमा उल्लेख भएका विषयहरुलाई छिट्टै सम्बोधन गरेर पुनः पेश गर्ने जानकारी गराउनुभयो ।

May be an image of 2 people and text

May be an image of 10 people, people studying and text

May be an image of 14 people, people studying and hospital

मदन भण्डारी मेमोरियल कलेजले शिक्षा र अन्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले गुणस्तर सुनिश्चितता आश्वासन तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाको लागि उक्त कामको सुरुवात भएको छ । वि.सं २१ भाद्र, २०७२मा कलेजले क्यूएए प्रक्रियामा भाग लिने उद्देश्यका साथ यूजिसिलाई आशय पत्र बुझाएको थियो । कलेजले पेश गरेका कागजातहरूको विश्लेषणको आधारमा, यूजिसिले प्रक्रिया अघि बढाउन अनुमति सहित पत्र जारी गर्‍यो। जसअनुरुप कलेज व्यवस्थापन समिति (सिएमसि) ले वि.सं ५ माघ, २०७५ मा आन्तरिक गुणस्तर सुनिश्चितता समिति (आइक्यूएसि) र आत्म–मूल्याङ्कन टोली (एस्एटि) गठन गर्‍यो । सिएमसिबाट स्वीकृत प्रतिवेदन क्यूएए प्रक्रियाको लागि एसएसआरले वि.सं १० पौष, २०७७ मा यूजिसिलाई पेश गरेपछि यूजिसिले प्रारम्भिक समीक्षा गरी प्रतिवेदन मार्फत आफ्नो प्रतिक्रिया पठाएको थियो ।

यूजिसिले सुधारका लागि औँल्याएका वुँदाहरुमा सुधार गरी संसोधित प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा कलेजले बुझाएपछि टोलीले कलेज भ्रमणको कार्यक्रम तय गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगले पढाइको गुणस्तर राम्रो भएका, विद्यार्थी संख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएकालगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई क्युएए प्रमाणीकरण गर्ने गरेको छ । विश्वविद्यालय अनुदान आयोगले अहिलेसम्म देशभरिका साढे ६ सयभन्दा बढी सामुदायिक कलेजहरूमध्ये १०६ वटा कलेजलाई क्युएए प्रमाणीकरण गरिसकेको छ ।