कांग्रेसद्वारा देउवा-ओली सहमति अनुमोदन, राजीनामा दिन प्रचण्डलाई आह्वान

काठमाण्डौ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सत्ता गठबन्धन गर्ने सहमतिलाई बुधवार अनुमोदन गरेको छ।

सोमवार मध्यराति दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र संविधानको सुधारका प्रक्रिया अघि बढाउने प्रयास अघि बढाउने सहमति भएको थियो।

प्रतिनिधिसभा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो भने नेकपा एमाले दोस्रो ठूलो दल हो।

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरुको चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने बताउनु भयो ।