कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीसँगै सदस्यहरूलाई पनि बोलाइएको छ । बैठक एमालेसँग नयाँ सरकार गठनका लागि भएको सहमतिका विषयमा केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिए कसरी अगाडि बढ्ने, राष्ट्रिय सहमतिको सरकारका लागि कसरी पहल गर्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ ।