
एमालेले बोलायो सचिवालय बैठक
काठमाण्डौ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
सोमबार मध्यराति नेपाल कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सकार बन्ने सहमति भएकाले त्यसैको ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भएकोछ ।
सचिवालय बैठक दिउँसो तीन बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ।
एमाले र कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको छ। सहमतिअनुसार संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आधाआधा कार्यकाल बाँड्ने सहमति भएको छ।