शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहिन्न दलीय राजनीति हटाएरै छाड्ने हो : शिक्षा मन्त्री

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहन नसकिने बताएकी छन्।

विश्वविद्यालय र विद्यालयलगायत शैक्षिक क्षेत्रमा दलीय राजनीति हटाएरै छाड्ने पनि उहाँको दाबी छ ।

प्रतिनिधि सभामा सोमबार सांसदहरूले सोधेका प्रश्नमा जबाफ दिँदै राजनीतिक दलका भ्रातृ संघसंस्था र राजनीतिक दलनिकट प्राध्यापकहरू नै आफूलाई चित्त नबुझेको भन्दै तालाबन्दीमा उत्रने गरेको पनि शिक्षा मन्त्रीले बताइन्।

आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रबाट दलीय राजनीति हटाएरै छाड्ने पनि उहाँको बताउनुभयो।

शनिबार र आइतबार त्रिवि सेवा आयोगले विज्ञापन खोलेकोमा विज्ञापन गर्न पाइँदैन भनेर एक समूहले तालाबन्दी गरेको पनि बताइन्।

आफू शिक्षा मन्त्री रहँदासम्म गुण्डागर्दी नसहने र प्रहरी प्रयोग गरिने बताइन ।
तालाबन्दीबाट विद्यार्थीहरूको पढ्ने अधिकार यदी कोही शिक्षक र प्राध्यापकले खोस्छ भने कारबाही गर्नुपर्ने शिक्षा मन्त्रीले भन्नुभयो ।