
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित
काठमाण्डौ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ ।
सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहको सहभागीे थियो । उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको छलफलको क्रममा प्रस्ताव गरिएको बताउनुभयो ।
त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।