
गीतकार तामाङको ‘एउटा जून’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद तिमल्सिना अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा वरिष्ठ सङ्गीतकार आलोकश्रीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ । सुव्रत आचार्यद्वारा निर्देशित ‘एउटा जून’ गीतमा प्रह्लाद तिमल्सिको स्वर रहेको छ ।
भिडियोमा ऋचा थापा तथा प्रभात ठकुरीको अभिनय देख्न सकिन्छ । उत्सव दाहालद्वारा छायाङ्कन गरिएको यो भिडियोमा विष्णु खड्काले सम्पादन तथा कलर करेक्सन गर्नु भएको हो ।
यस गीतले प्रेम, समर्पण र जीवनको सुन्दरतालाई विशेष महत्त्व दिएकाे देखाएका छ । यो गीतको भिडियोमा प्राकृतिक दृश्यहरू, प्यारो सम्बन्धको क्षणहरू र जीवनका विभिन्न रङ्गहरूको झल्को देखाइएको छ।