वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्छ : प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिस्ट एवम् वामपन्थी शक्तिहरू एकतावद्ध पुग्नुपर्छ भन्नेमा आफू र स्पष्ट रहेको बताउनुभएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवम् वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताउनुभयो ।
व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोसिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्यायलगायतका क्षेत्रमा गुणात्मक प्रगति हाँसिल गरेको बताउनुभयो ।
क्रान्तिले आम जनसमुदायमा शीघ्र परिवर्तनको आकाङ्क्षा जगाइदिएको परिस्थितिमा जनताको आकाङ्क्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकाङ्क्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
निरङ्कुशता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।