देशका धेरै ठाउँमा आज राती अत्याधिक वर्षा हुने सम्भावना

काठमाण्डौ । मनसुन सक्रिय रहेकोले देशका धेरै ठाउँमा अत्याधिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना छ ।

महाशाखाकाअनुसार विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला र कोशी प्रदेशका पूर्वी जिल्लाका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना देखिएको छ । बाँकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने छ ।

पछिल्लो २४ घण्टामा विशेषगरी बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ । देशका विभिन्न भेगमा पानी परेसँगै बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।