जबज कसैको ओठेभक्ति होइन : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) कसैको स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताउनुभएको छ ।

आज (शुक्रबार) पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थपूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताउनुभयो । जनताको बहुदलीय जनवाद कसैको ओठेभक्ति नभएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताउनुभयो । उहाँले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताउनुभयो ।