यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंगा चिया बगानलाई

काठमाण्डौ । यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंगा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरिएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रलाई नगद एक लाख सहित पुरस्कृत गर्नुभएको हो ।

स्थानीय कच्चापदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गरी आयात तथा निर्यात प्रवद्र्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले पुरस्कार प्रदान गरिएको हो ।

केन्द्रले ९५ हेक्टर जमिनमा ६ लाखभन्दा बढी चियाका बिरुवाको आयुर्वेदिक–जैविक खेती गरी वार्षिक सय टनभन्दा बढी चिया निर्यात गरी चार करोड रुपैयाँभन्दा बढी कारोबार गरेको छ । फाउण्डेशनले २०६८ सालदेखि हरेक वर्ष मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आइरहेको छ ।