
प्रतिनिधि सभाबाट अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक पारित
काठमाण्डौ । प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार(भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।