किसानलाई समयमै मल उपलब्ध गराउन र सडक निर्माण गर्न सांसदको अनुरोध

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन तथा विभिन्न सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद विद्या भट्टराईले अछामको छाउगोठमा किशोरी बलात्कृत भएकी, ललितपुरमा धारामा पानी लिन जाँदा महिलामाथिको हिंसा र पोखराका स्पाहरूमा नाबालिकाको प्रयोगजस्ता घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।

सांसद बिना लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको विषय उठाउँदै मुख्यसचिव नियुक्ति प्रक्रिया नै शङ्काको घेरामा रहेको बताउनुभयो ।

सांसद विनिताकुमारी सिंहले मनसुन सुरु भएसँगै तराईका जिल्लामा सर्पदंशका घटना बढेका उल्लेख गर्दै विभिन्न स्थानका प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचारको व्यवस्था गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बिना जैसवालले सञ्चारमाध्यमले विभिन्न समस्या उठाइरहेका भए पनि सरकारी निकायले ती विषयमा अनुसन्धानका काममा गति दिन नसकेको बताउनुभयो । सरकारको सेवा प्रवाह नागरिकमैत्री हुन नसकेको र विद्यमान ऐन, कानुनको उचित पालना हुन नसकेको विषय उहाँले संसदमा उठाउनुभयो ।

सांसद श्यामकुमार घिमिरेले वीर अस्पतालमा जनशक्ति अभावका कारण अति सघन कक्षका शैयया सञ्चालनमा आउन नसकेका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले देशभरका सरकारी अस्पतालमा जनशक्ति अभाव रहेको बताउनुभयो ।

सांसद शान्ति विकले मुलुकको सार्वजनिक ऋण रु २४ खर्बभन्दा बढी पुगेको उल्लेख गर्दै ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ ९बिआरआई०बाट ऋणभन्दा पनि अनुदान लिनुपर्ने धारणा राख्नुभयो ।

सांसद शान्ति श्रेष्ठले बागमती करिडोरअन्तर्गत विभिन्न स्थानमा सडक निर्माणको काम रोकिएकामा त्यसलाई समयमै सम्पन्न गर्न माग गर्नुभयो । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन र सौन्दर्यकरणका काम प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

सांसद शिव नेपालीले यातायात व्यवसायीले भोग्नुपरेका समस्या संसद्मा उठाउनुभयो ।

सांसद शेरबहादुर कुँवरले वर्षायाममा बाढी, पहिरोका कारण बिजुलीका खम्बा ढल्ने र करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेकमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा यसले समस्या निम्त्याएकाले परिचयपत्र बनाउन गाउँगाउँमा टोली खटाउन उहाँले सरकारसँग माग गर्नुभयो ।

सांसद शोभा ज्ञवालीले देशभर बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिन तथा घरबास गुमाएकालाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद सन्तोष चालिसेले देशभरि बाढी, पहिरोको जोखिम बढेकाले दैवी प्रकोप नियन्त्रण, राहत तथा उद्धारका काम प्रभावकारी बनाउन माग गर्नुभयो । वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्न जग्गा अधिग्रहण गरिएको भए पनि त्यसको थप काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

सांसद सम्झना थपलियाले सिरहा र धनुषाका किसानले सुनकोशी मरिन डाइभर्सनबाट सिँचाइ सुविधा पाउन नसकेको विषय संसद्मा उठाउनुभयो ।

सांसद सरस्वती बजिमयले वर्षायाम सुरु भएसँसै सडक अवरुद्ध भएको, धनजनको क्षति भएको तथा जोखिममा रहेका बस्ती स्थानान्तरण हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरिता भुसालले हुलाकी राजमार्ग निर्माणको काम अधुरै रहेकामा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न आयोजनामा जग्गाको विवाद र समस्या रहेको विषय उठाउँदै स्थानीयको माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद सीता मिजारले तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तिवको भावनाअनुसार काम हुन नसकेको र संविधानले परिकल्पना गरेअनुसार सङ्घीयता कार्यान्वयनमा अझै समस्या रहेको बताउनुभयो ।

सांसद सुशीला सिर्पाली ठकुरीले रजस्वला भएका महिलामाथिको विभेद अझै हट्न नसकेको विषय संसद्मा उठाउनुभयो । यस्ता कुरीति हटाउन र सामाजिक रुपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।