
भन्डार खाल बगैँचामा क्रिकेट खेल्न गएका युवामाथि हातपात
काठमाडौँ । गत शनिवार क्रिकेट खेल्न पशुपतिको भन्डार खाल बगैँचा पुगेका १८ जना किशोरहरूलाई पशुपति विकास कोषका कर्मचारीले भाटा प्रहार गरी लखेटेका छन् । भन्डार खाल बगैँचामा क्रिकेट खेल्न नपाइने भन्दै ती कर्मचारीले उनीहरूलाई भाटा प्रहार गरेका थिए । पशुपति विकास कोषका कर्मचारीले उनीहरूको खेल सामग्रीसमेत जफत गरेका छन् ।
बालबालिका हरूलाई कुलत दुर् वेसन र गलत सङ्गतबाट जोगाउने एक मात्र उपाय हो खेलकुद अनि सहरहरूमा खुल्ला खेलमैदान र स्वतन्त्रता पुर्वक खेल्न पाउनु उनीहरूको हक हो । तर विडम्बना सहरमा त्यस्तो खाली ठाउँ खेल्ने मैदान नै छैन । केही भएका मैदानमा भने कितबार लगाएर छेकिएको छ । कि भने कर्मचारीले हप्काउने गर्ने गरेको परिदृश्य देखिएको छ ।
‘हामीले क्रिकेट खेल्न भाटा गाडेका थियौँ एकासी पशुपति विकास कोषका कर्मचारी आएर हातपात गर्नुभयो ।’ १६ वर्षे किशोर आदर्श यादव भन्छन् । उनका साथी घनश्याम कुमार यादव भन्छन् ‘यो भन्दा पहिला २ ,३ चोटि खेल्न आएका थियौँ यही ठाउँमा, त्यति बेला केही पनि गरेको थिएन । आज पनि खेल्नका लागि हामी फिल्ड खोज्दै यहाँ आयौँ हामीले कतै पनि फिल्ड पाएनौ त्यसैले पहिला पनि खेल्न गएकोले हामी आयौँ तर हामीलाई हातपात गरियो ।” उनले भने ।
घनश्यामका अनुसार विकास कोषका ती कर्मचारीले किशोरहरूलाई २४ घण्टा जेल हाल्ने धम्कीसमेत दिए ।
अनीश कुमार यादव भन्छन्, ‘हामी होस्टेलका विद्यार्थी हो । आजकाल खेल्न नदिने निर्णय भएको रहिछ हामीलाई जानकारी थिएन । कतै सूचना पनि टाँसेको थिएन त्यसैले हामीलाई केही थाहा भएन । तर मिल्दैन भन्दैमा राम्रोसँग सम्झाउन पनि सकिन्थ्यो । यसरी आएर हातपात नै गर्न पर्छ र रु’ ‘हामीले त्यता गएर कुनै पनि नराम्रो काम गरेको थिएनौँ तर हामीलाई त्यता गएर बिरुवा भाँचे भनेर आरोप लगाए । अगाडी देखी दुई, तीन समूह खेल्दै थिए तिनीहरूलाई केही पनि गरेन हामीलाई मात्र त्यस्तो नराम्रो व्यवहार गरियो ।’ अनीश गुनासो गर्छन् ।
क्रिकेट खेल्नका लागि फिल्ड खोज्दै भन्डार खाल पुगेका ती किशोरहरूमाथि हातपात गरिनुले पशुपति विकास कोषका कर्मचारीको निर्ममता र क्रूरतालाई दर्साएको छ । खेल निषेधित क्षेत्रको पम्प्लेटसमेत नटाँगिएको भन्डार खालमा क्रिकेट खेल्न पुगेका किशोरहरू मानसिक र शारीरिक यातनाको सिकार भएका छन् ।
नेपालको खेल क्षेत्र यत्तिकै पनि साँघुरो हुदैछ । सहरमा खेल्ने मैदान नपाउँदा कसैले खेल्न रुचि राख्दैन । मैदान नहुँदा पनि खेल्नको लागी रुचि राख्ने युवा र वालक, भविष्यका कणदार माथि नै यस्तो भएपछि कसरी खेलमा रुचि हुन्छ । – नरेश बोहोरा